Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

निजामती विधेयक: कर्मचारी संगठनहरूको विरोध, भाेलि संसद्‌ गेट अगाडि धर्ना दिने

निजामती विधेयक: कर्मचारी संगठनहरूको विरोध, भाेलि संसद्‌ गेट अगाडि धर्ना दिने


  • 2.2K
    Shares

    • images
    निजामती विधेयक: कर्मचारी संगठनहरूको विरोध, भाेलि संसद्‌ गेट अगाडि धर्ना दिने

    काठमाडौँ । सरकारले ल्याएको संघीय निजामती सेवाको विधेयकमा कर्मचारी संगठनहरूले विरोध जनाएका छन् । आफूहरुका मागलाई विधेयकमा नसमेटिएको भन्दै कर्मचारी संगठनहरुले विरोध जनाएका हुन् । 

    यस्तै कर्मचारीहरुका मागलाई समावेश गरी ऐन जारी गराउन आवश्यक पर्ने आन्दोलनको स्वरुप निर्धारण र परिचालन गर्न समितिहरु समेत गठन गरिएको छ । संयुक्त ट्रेड युनियन सञ्जालमा आवद्ध सबै ट्रेड युनियनका अध्यक्षहरु रहेको उच्चस्तरीय आन्दोलन निर्देशक समिति गठन गरिएको छ । 

    त्यस्तै संयुक्त ट्रेड युनियन सञ्जालमा आबद्ध ट्रेड युनियनका दोश्रो (वरिष्ठ उपाध्यक्ष/उपाध्क्ष) वरियातामा रहेकाहरुको आन्दोलन परिचालन समिति समेत गठन गरिएको छ । उक्त ट्रेड युनियनका महासचिवको नेतृत्वमा आन्दोलन परिचालन सचिवालय समिति र सचिवालयमा प्रत्येक ट्रेड युनियनबाट ३/३ जना पदाधिकारी सदस्य रहने छन् । 

    मंगलबार उनीहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भेला भई संघीय संसद्को पश्चिम गेटमा धर्ना दिने छन् भने रिपोर्टस क्लब भृकुटीमण्डपमा दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन् ।

    प्रकाशित मिति :जेठ १९ २०८२ सोमवार - १९:२३:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij