२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले पठाओ र इनड्राइभका १०२ जना चालकलाई कारबाही गरेको छ ।
यातायात बन्दको मौका छोपेर धेरै भाडा लिने र अफलाइनमा यात्रु ओसार्न बार्गेनिङ गर्नेहरूलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले बताएका छन् ।
धेरै भाडा असुलेको आरोपमा ६ जनालाई कारबाही गरिएको छ भने ९६ जनालाई ‘अन्य’ शीर्षकमा कारबाही गरिएको एसपी गिरीले जानकारी दिएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij