Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

आगलागीमा परेर वृद्धको मृत्यु

आगलागीमा परेर वृद्धको मृत्यु


  • 2.1K
    Shares

    आगलागीमा परेर वृद्धको मृत्यु

    काठमाडौं । कैलालीको गौरीगङ्गा नगरपालिका–१० जवलपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । 

    आइतबार राति अनिल चौधरीको दुई तले काठको गोठमा आगलागी हुँदा गोठको माथिल्लो तल्लामा सुतिरहेका उनका ७२ वर्षीय बुबा कुक्रु डगौरा थारूको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायव उपरीक्षक रणबहादुर चन्दले जानकारी दिए ।

    आगलागीको सूचना पाएलगत्तै प्रहरी नायब निरीक्षक खेमराज पन्त नेतृत्वको टोलीले घटनास्थलमा पुगेर आगो निभाएको थियो । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । आगलागीबाट चौधरीको गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ । 
     

     

    images
    प्रकाशित मिति :जेठ १९ २०८२ सोमवार - १२:२०:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij