Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

कुखुराको मासुको मूल्य घट्यो

कुखुराको मासुको मूल्य घट्यो


  • 2.2K
    Shares

    • images
    कुखुराको मासुको मूल्य  घट्यो

    काठमाडौं । कुखुराको मासुको मूल्य फेरि घटेको छ । आजदेखि लागु हुने गरी कुखुरा मासुको मूल्य घटेको छ ।

    राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले कुखुराको मासु मूल्य १० देखि १५ रुपैयाँसम्म घटेको जानकारी दिएको छ ।

    संघको अध्यक्ष जंगबहादुर बिसीको अनुसार जिउँदो कुखुराको प्रतिकिलो मूल्य १० रुपैयाँ घटेर २ सय ४० रुपैयाँ कायम  भएको छ भने यसअघि जिउँदो कुखुराको प्रतिकिलो मूल्य २ सय ५० रुपैयाँ  रहेको थियो ।

    तयारी मासु प्रतिकिलो १५ रुपैयाँले घटेको छ भने यसअघि ३ सय ५० रुपैयाँ रहेको तयारी मासुको मूल्य ३ सय ३५ रुपैयाँमा झरेको अध्यक्ष बिसीले बताएका छन् ।

    ३ दिनअघि पनि कुखुरा मासुको मूल्य प्रतिकिलो १० रुपैयाँदेखि १५ रुपैयाँ घटेको थियो । गर्मीमा मासु खपत कम हुने हुँदा मूल्य घटेको बिसीले बताएका छन् । ‘

    प्रकाशित मिति :जेठ १९ २०८२ सोमवार - ११:३५:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij