२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । राजसस्थां पुर्स्थापना गर्न शुरु गरेको आन्दोलन राजावादीहरूले आजको स्थगित गरेका छन् ।
संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले एक विज्ञप्ती जारी गर्दै दरबार हत्याकाण्डको शोकमा आन्दोलन नगर्ने निर्णय भएको बताएका छन् ।
२०५८ साल जेठ १९ गते तत्कालीन राजदरबार हत्याकाण्ड हुँदा राजा विरेन्द्रसहित राजपरिवार सखाप भएको थियो भने आज सोही दिनको सम्झनामा साँझ दीप प्रज्वलन गर्ने संयोजक सुवेदीले जानकारी दिएका छन् ।
आजको दिन साँझ ६ बजे कमलादी गणेशस्थानमा दीप प्रज्वलन गर्ने कार्यक्रम तय भएको सुवेदीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरीएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij