Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

उपत्यका बन्द फिर्ता, अनिश्चितकालीन सार्वजनिक यातायात बन्द यथावत

उपत्यका बन्द फिर्ता, अनिश्चितकालीन सार्वजनिक यातायात बन्द यथावत


  • 5.2K
    Shares

    • images
    उपत्यका बन्द फिर्ता, अनिश्चितकालीन सार्वजनिक यातायात बन्द यथावत

    सार्वजनिक यातायात व्यवसायीहरुले आजदेखि अनिश्चितकालीन यातायात बन्द गरेका छन् । सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति, २०८२ ले ‘राइड सेयरिङ’ को विरोधमा यातायात बन्दको घोषणा गरेका हुन् ।

    गण्डकी प्रदेश सरकारले गत वैशाख ३१ गते ‘राइड सेयरिङ’लाई भाडाका सवारी साधनको रुपमा प्रयोग गर्ने भनि ‘गण्डकी प्रदेश राइड सेयरिङ नियमावली, २०८२’ राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याएपछि सो कानुन रोक्न माग गर्दै यातायात व्यवसायीले संघ र प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका थिए । तर, माग सुनुवाई नभएको बताउँदै आन्दोलनमा उत्रिएका हुन् । 

    यता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपत्यका बन्दमा आफ्नो समर्थन नरहेको बताएपछि बन्द घोषणा गरेको संयुक्त जनआन्दोलन समितिले कार्यक्रम फिर्ता लिएको छ । 

    समितिका संयोजक नवराज सुवेदीले आजको बन्द फिर्ता लिएको जनाइसकेका छन् । उनले हिजोको प्रर्दशनको क्रममा हिरासतमा लिइएका नेताहरू रिहा भइसकेकाले कार्यक्रम फिर्ता लिइएको जारी विज्ञप्तिमा उल्लेख छ ।

    राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले हिजो राति सामाजिक सञ्जालबाट बन्दमा आफ्नो पार्टीको समर्थन नरहने जनाएका थिए । उनले बन्द, हडताल जस्ता अलोकप्रिय कार्यक्रममा आफूहरु विपक्षमा रहेको र पक्राउ परेका नेता तथा कार्यकर्ताहरु रिहा भइसकेकाले कार्यक्रम फिर्ता लिइएको लेखेका छन् ।

    प्रकाशित मिति :जेठ १९ २०८२ सोमवार - ०५:३४:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij