Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आँपमा भेटियो अत्यधिक मात्रामा विषादी, धनगढीमा नष्ट गरियो २ हजार किलो

आँपमा भेटियो अत्यधिक मात्रामा विषादी, धनगढीमा नष्ट गरियो २ हजार किलो


  • 2.7K
    Shares

    • images
    आँपमा भेटियो अत्यधिक मात्रामा विषादी, धनगढीमा नष्ट गरियो २ हजार किलो

    धनगढी । कैलालीको धनगढीमा दुई हजार २६० किलोग्राम आँप नष्ट गरिएको छ । आइतवार गरिएको परीक्षणमा धनगढीस्थित सहिदगेट कृषि उपज थोक बजारमा रहेको जय श्री मा जानकी स्टोरमा राखिएको उक्त अखाद्य आँप नष्ट गरिएको हो ।

    सञ्जित साहको उक्त स्टोरबाट विषादीको मात्रा अत्यधिक रहेको अखाद्य आँप नष्ट गरिएको धनगढी उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखा प्रमुख महेश मल्लले बताए ।

    ‘आइतवार धनगढीका थोक बजार तथा मण्डीबाट तरकारी तथा फलफूलका १५ नमुना संकलन गरी विषादीको अवशेष परीक्षण गरिएको थियो’, उनले भने, ‘भिन्डी, काँक्रो टमाटर, करेला, केरा, अंगुर, स्याउ, अनार र आँपमा विषादी परीक्षण गरिएकोमा आँपमा विषादीको मात्रा बढी देखिएको र उक्त खान अयोग्य आँप बरामद गरी नष्ट गरिएको हो ।’

    धनगढी उपमहानगरपालिकाको संयोजनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी र विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला अत्तरिया, जिल्ला प्रशासन कार्यालय कैलाली, नेपाल प्रहरी, पत्रकार महासंघ तथा सरोकारवालाहरूको संयुक्त अनुगमनमा धनगढीको सहिदगेट कृषि उपज थोकबजार, दक्षिणकाली मार्ग सब्जीमन्डी र चौराहास्थित हाटबजारबाट तरकारी तथा फलफूलका नमुना संकलन गरी परीक्षण गरिएको थियो ।

    द्रुत परीक्षणको क्रममा भारतबाट आयात गरिएका फलफूल मध्ये आँपमा विषादीको अवशेष अत्यधिक मात्रामा भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख हरेराम प्रधानले बताए ।

    उनले अन्य तरकारी र फलफूलमा विषादीको अवशेष सामान्य रहेको भए पनि आँपमा विषादीको मात्रा उच्च भएकाले खान अयोग्य ठहर गरि धनगढी उपमहानगरपालिकाले उक्त आँप नष्ट गरेको बताए ।

    प्रकाशित मिति :जेठ १८ २०८२ आइतवार - १६:४९:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij