Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आज जनप्रदर्शनको कार्यक्रम नारायणचौरमा भएपनि, राजावादीहरु बालुवाटारतर्फ लम्किने तयारीमा

आज जनप्रदर्शनको कार्यक्रम नारायणचौरमा भएपनि, राजावादीहरु बालुवाटारतर्फ लम्किने तयारीमा


  • 2.2K
    Shares

    • images
    आज जनप्रदर्शनको कार्यक्रम नारायणचौरमा भएपनि,  राजावादीहरु बालुवाटारतर्फ लम्किने तयारीमा

    काठमाडौं ।  राजावादीहरूले राजसंस्थाको पक्षमा सुरू गरेको आन्दोलन आज आइतबार पनि निरन्तर चलिरहेको छ । 

    राजावादीहरूले आज नयाँ स्थान नारायणचौरमा जनप्रदर्शनको कार्यक्रमको तयारी  गरेकको  भएपनि हिजोझै बालुवाटार घेराउ गर्न जाने योजना बनाएका छने ।

    आजको आन्दोलनका लागि २ बजे नारायणचौरमा भेला हुन सूचित गरिएको थियो भने त्यहाँबाट जुलुस लिएर बालुवाटारतर्फ लाग्ने तयारी रहेको राप्रपा नेपालका एक पदाधिकारीले जानकारी दिएका छन् ।

     हिजो राजावादी प्रदर्शनकारीहरूले बालुवाटारको निषेधित क्षेत्र नतोडिकन प्रदर्शन गरेका थिए भने आज पनि हिजैको स्थानमा प्रदर्शन गर्ने तयारी रहेको छ । सरकारले अनावश्यकरूपमा कडाइ गर्न खोज्यो भने टकरावको अवस्था आउन सक्ने चेतावनी राजावादीका नेताहरूले दिएका छन् ।

    सुरक्षा स्रोतका अनुसार आज राजावादीहरूलाई कडाइ गरिने पुष्टि भएको छ । आज राष्ट्रपतिको सवारी पनि भएकाले सडक अवरोध गर्न नदिइने सुरक्षा स्रोतको भनाइ रहेको छ । 

     

     

    प्रकाशित मिति :जेठ १८ २०८२ आइतवार - १२:५१:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij