Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

डोटीमा जिप दुर्घटना हुँदा ४२ वर्षीय बमको मृत्यु, आठ घाइते

डोटीमा जिप दुर्घटना हुँदा ४२ वर्षीय बमको मृत्यु, आठ घाइते


  • 2.6K
    Shares

    डोटीमा जिप दुर्घटना हुँदा ४२ वर्षीय बमको मृत्यु,  आठ घाइते

    काठमाडौं । केआईसिंह गाउँपालिका-५ केदार गाउँमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अन्य आठ जना घाइते भएका छन् ।  

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दीपेन्द्रकुमार पालका अनुसार आज बिहान बोगटान फुड्सिलको गगुडाबाट दिपायलतर्फ आउँदै गरेको सुपप्र ०१००१ ज १४६४ नम्बरको जिप दुर्घटना हुँदा बोगटान फुड्सिल गाउँपालिका-६ गगुडाका ४२ वर्षीय मीन बमको मृत्यु भएको हो ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि शैलेश्वरी अस्पताल दिपायल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा जिप चालकसहित आठ जनाको शैलेश्वरी अस्पताल दिपायलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    घाइतेमध्ये एकको अवस्था गम्भीर, पाँचको मध्यम र दुई जनाको अवस्था सामान्य रहेको प्रहरीका सूचना अधिकारी पालले जानकारी दिए । 

     

    images
    प्रकाशित मिति :जेठ १८ २०८२ आइतवार - १२:१७:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij