Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

स्मार्ट र भिषाको आयोजनामा २५० पिण्ट रक्त संकलन

स्मार्ट र भिषाको आयोजनामा २५० पिण्ट रक्त संकलन


  • 1.7K
    Shares

    स्मार्ट र भिषाको आयोजनामा २५० पिण्ट रक्त संकलन
    काठमाडौं ।  स्मार्ट एरोविक्स र भिसा यलायन्सको आयोजना एवम् मसेल नेवाः खलः, संयम बचत तथा ऋण सहकारी संस्था लि. र स्मार्ट बचत तथा ऋण सहकारी संस्था लि.को सहभागितामा सम्पन्न रक्तदान कार्यक्रमबाट २५० पिण्ट रक्त संकलन भएको छ । 
     
    काठमाडौं प्याथलाबसँगको सहकार्य र मेट्रो ब्लड बैंक एवम् ब्लोदान काठमाडौं मध्यक्षेत्रको विशेष सहयोगमा सम्पन्न रक्तदन कार्यक्रममा बागमती प्रदेश सभा सदस्य एवम् बागमती प्रदेशका पूर्व मन्त्री बसन्त मानन्धर प्रमुख अतिथिको रुपमा उपस्थित रहेको थियो ।
     
    bd7286d5-37eb-4061-be91-69886ea6bf73.jpeg
     
    स्मार्ट एरोविक्का अध्यक्ष निर्मल महर्जनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि मानन्धरले रक्तसंचार केन्द्रबाट निःशुल्क रक्त पाउन् भन्ने उद्देश्यले बागमती प्रदेश सरकारको तर्फबाट रक्तब्यागको निम्ति १५ लाख रुपैयाँ बिनियोजन  गरिएको र सरकारी अस्पतालहरुबाट निःशुल्क रुपमा रक्त उपलब्ध गराउने कार्य भइसकेको बताए । रक्तदान कार्यक्रम आफैमा पुण्य कर्म भएकोले यस्तो कार्यक्रमको आयोजना गरेकोमा आयोजक संस्थाहरूमा उनले ज्ञापन गरे ।
     
    राजनीतिकर्मी एवम् समाजसेवी मानुषी यमी भट्टराईले स्मार्ट र भिषाको रक्तदान कार्यक्रममा उपस्थित भएर आफूले विगतमा पनि रक्तदान गर्दै आएको र यसपटकपनि रक्तदान गर्न उपस्थित भएको बताउँदै आगामी दिनमा पनि यस्तो कार्यक्रमलाई निरन्तरता दिन सुझाउ दिए । 
     
    भिसा यलायन्सका डाइरेक्टर सनिर महर्जनले शुभकामना मन्तव्य दिनुभएको उक्त कार्यक्रममा स्मार्ट एरोविक्सका प्रशिक्षक लीला भण्डारीले आफूहरु शारिरीक तन्दुरीस्तीको लागि दैनिक एरोविक्स र ब्यायामा गर्नेमा मात्र सिमीत नरही रक्तदान जस्तो पुण्य कार्यक्रम, मन्दिर निर्माण र पुनर्निमाण जस्तो धार्मिक कार्यक्रम, जनचेतनामुलक सरसफाई कार्यक्रम र वृक्ष रोपण जस्तो पर्यावरण संरक्षणको कार्यक्रममा समेत सरिक हुँदै आएको र आगामी दिनमा पनि यस्तो कार्यक्रमलाई निरन्तरता दिइने बताए ।
     
    स्मार्ट एरोविक्सका सचिव उत्तम कुमार श्रेष्ठले संचालन गरेको रक्तदान अघिको औपचारिक कार्यक्रमलाई समापन गर्दै एरोविक्सका अध्यक्ष निर्मल महर्जनले १०३ पिण्ट बाट सुरुभएको रक्तदान गतवर्ष २०७ पिण्ट संकलन भएकोमा यसपटक २५० पिण्ट रक्त संकलन गर्ने उद्देश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए । रक्तदान कार्यक्रम काठमाडौं खुसिबुँस्थित फलफूलचोकमा सम्पन्न भएको हो । 
     
    IMG_0488.jpeg
     
     
     

     

    images
    प्रकाशित मिति :जेठ १८ २०८२ आइतवार - ११:४३:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij