Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

जंगली च्याउको तरकारी खाँदा १६ जना बिरामी, २ को अवस्था गम्भीर

जंगली च्याउको तरकारी खाँदा १६ जना बिरामी, २ को अवस्था गम्भीर


  • 1.4K
    Shares

    • images
    जंगली च्याउको तरकारी खाँदा १६ जना बिरामी, २ को अवस्था गम्भीर

    जंगली च्याउको तरकारी खाँदा मकवानपुर र चितवनमा १६ जना बिरामी परेका छन्। मकवानपुर र चितवनका ग्रामीण क्षेत्रमा आफ्नै घर नजिकै उम्रिएको च्याउको तरकारी पकाएर खाँदा १६ जना बिरामी भएका बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ।  

    चितवनको भरतपुर महानगरपालिकार राप्ती नगरपालिका र मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका स्थानीय च्याउको तरकारी खाँदा बिरामी परेका हुन्। जसमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ। 

    मकवानपुरको मकवानपुरगढी गाउँपालिका-८, ओकरेका ६१ वर्षीय वीरबहादुर तितुङ र उनका ८ वर्षीय छोरा बसन्त तितुङ आफ्नै बारीमा उम्रिएको जङ्गली च्याउ खाँदा बिरामी परेका हुन्। 

    उनीहरूलाई छिमेकी सुजन तामाङले शनिबार (हिजो) दिउँसो १ः३० बजे उपचारका लागि हेटौँडा-१ स्थित सन्चो अस्पताल पुर्याएका थिए। प्रहरीका अनुसार दुवैको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ। यस्तै, चितवनको भरतपुर महानगरपालिका–२९, लामागाउँमा एकै परिवारका सदस्यसहित ५ जना जंगली च्याउको तरकारी खाँदा बिरामी परेका बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ। 

    बिरामी पर्नेमा ८२ वर्षीया पुन्टी गुरुङ, उनका छोरा ४० वर्षीय धनबहादुर गुरुङ, बुहारी ३५ वर्षीया मनमाया गुरुङ, नातिनी ४ वर्षीया आरिया गुरुङ र छिमेकी ४५ वर्षीया सानुमाया परियार छन्। उनीहरूलाई उपचारका लागि शनिबार साँझ ६ बजे भरतपुर सरकारी अस्पताल पुर्याइएको थियो। धनबहादुर गुरुङ र मनमाया गुरुङको अवस्था गम्भीर रहेको छ भने अन्य तीन जनाको अवस्था मध्यम रहेको प्रदेश प्रहरीले जनाएको छ। 

    यता, चितवनकै राप्ती नगरपालिका–११, कोराकमा पनि जंगली च्याउको तरकारी खाँदा एउटै परिवारका ६ जना बिरामी भएका छन्। 

    बिरामी पर्नेमा ३० वर्षीया माया प्रजा, ३५ वर्षीया बुद्धि माया प्रजा, ११ वर्षीया जुनिसा प्रजा, ९ वर्षीया रेनिसा प्रजा, ७ वर्षीया अमृत प्रजा र २८ महिनाकी शिशु सलिन प्रजा रहेका छन्। 

    प्रकाशित मिति :जेठ १८ २०८२ आइतवार - १०:४१:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij