२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । उत्तरी भारतमा लगातारको २४ घण्टासम्म आएको बाढीले ३२ जनाको मुत्यु भएको छ।
आसाम, मेघालय, नागाल्यान्ड, मिजोरोम र अरुणाञ्चल बाढीका कारण प्रभावित थिए भने आसामका कुल ९ जनाको मुत्यु भएको छ।
प्रशासनले १८ जिल्ला बाढीले प्रभावित भएको जानकारी दिएको छ। पहाडी जिल्लाका धेरै स्थान जोखिममा रहेको बताउँदै सतर्कता अपनाउन भनिएको छ।
गुहाजटप र तेजपुरमा अहिलेसम्मकै धेरै पानी परेको जनाइएको छ भने अरुणाञ्चलमा कार पहिरोमा चिप्लिएपछि दुई परिवारको सात जनाको मुत्यु भएको छ।
मेघालयमा तीन बालबालिका सहित सात जनाको मुत्यु भएको छ। संसारकै सबै भन्दा धेरै पानी चेरापुन्जीमा लगातार वर्षा भइरहेको छ।
नागाल्यान्डमा बाटोमा ढुङ्गा खस्दा यात्रामा रहेका एक युवाको मुत्यु भएको छ। मिजोरोममा पनि २४ घण्टाको अन्तरालमा सात जनाको मुत्यु भएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij