Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

चार दिनदेखि बेलबारीका चार बालिका बेपत्ता

चार दिनदेखि बेलबारीका चार बालिका बेपत्ता


  • 1.9K
    Shares

    • images
    चार दिनदेखि बेलबारीका चार बालिका बेपत्ता

    काठमाडौं ।  मोरङको बेलबारी नगरपालिका–२, लालभित्तीबाट एकै स्थानका चार जना बालिका बेपत्ता भएका छन् । 

    बेपत्ता हुनेमा सुन्दरहरैचा–११ शुक्रबारेस्थित महेन्द्र माविमा अध्ययनरत १३ वर्षीया जेनिसा नेपाली र १५ वर्षीया सविता परियार, बेलबारी–२ स्थित कविर माविमा अध्यानरत १२ वर्षीया स्मृति कार्की डोली र अनुष्का कार्की डोली छन् । 

    उनीहरु साथी भेट्न जाने भन्दै यही जेठ १५ गते  गणतन्त्र दिवसका दिन घरबाट निस्किएका जनाइएको छ ।  इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक कृष्णबहादुर  खत्रीले बेपत्ता बालिकाहरूको खोजी जारी रहेको जानकारी दिए ।

    प्रकाशित मिति :जेठ १८ २०८२ आइतवार - ०९:२५:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij