२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।
चन्द्रागिरि नगरपालिका-४ पानीघाटमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा नुवाकोटको ककनी की ३६ वर्षीया सुनिता बलामीको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय काठमाडौंले जानकारी दिएको छ।
मकवानपुरको चित्लाङबाट काठमाडौँ आउँदै गरेको मोटरसाइकल शनिबार राति दुर्घटना भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएकी बलामीको एपीएफ अस्पताल बलम्बुमा उपचारको क्रममा मृत्यु भएको छ।
दुर्घटनामा मोटरसाइकल चालक ककनीकै मानबहादुर बलामी घाइते भएका छन्। बलामीको एपीएफ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij