Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

सगरमाथा चुचुरोमा ३१ औं पटक पुगे कामीरिता

सगरमाथा चुचुरोमा ३१ औं पटक पुगे कामीरिता


  • 757
    Shares

    सगरमाथा चुचुरोमा ३१ औं पटक पुगे कामीरिता

    काठमाडौं। आफ्नै कीर्तिमान तोड्दै कामीरिता शेर्पा मंगलबार बिहान ३१ औं पटक सर्वोच्च शिखरमा पुगेका छन्। सेभेन समिट ट्रेक्सका सञ्चालक छाङ दावा शेर्पाका अनुसार आज बिहान करिब ४ बजे कामीरिताले यो कीर्तिमानी आरोहण गरेका हुन्।

    २२ जना भारतीय सैनिकहरूको आरोहण दलको मुख्य गाइडका उनी सगरमाथा चुचरोतिर लागेका थिए। उनी बुधबार सगरमाथा आधार शिविर झर्ने छन्।

    अघिल्लो वर्ष कामीरितले ३० औं पटक सगरमाथाको चुचुरोमा आफ्ना पाइला पुर्याएका थिए। कामीरिताले सर्वोच्च शिखर सगरमाथामा सबैभन्दा धेरै पटक पाइला राख्ने संसारकै एक्लो आरोहीको विश्व कीर्तिमानलाई कामय राखेका छन्।

    ‘एभरेष्ट म्यानले फेरि गर्‍यो चमत्कार! ३१ औँ पटक सगरमाथा आरोहण,’ सेभेन समिट ट्रेक्सका सञ्चालक छाङ दावा शेर्पाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘इतिहासमै सबैभन्दा धेरैपटक सगरमाथा आरोहणको कीर्तिमानी ५५ वर्षीय कामीरिता शेर्पालाई ३१ औँ पटकको सफल आरोहणका लागि बधाई!’

    सोलुखुम्बुको थामेका कामीरिताले २४ वर्षको उमेरमा २०५१ सालमा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए। त्यसयता उनले सगरमाथा केटू, मनास्लु, ल्होत्से लगायतका ८ हजार अग्ला हिमालकाे ४५ पटक सफल आराेहण गरिसकेका छन्।

    images
    प्रकाशित मिति :जेठ १३ २०८२ मंगलवार - ११:५९:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij