२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । कपिलवस्तुमा ग्यास सिलिन्डर विस्फोट भएर आगलागी हुँदा दाजु बहिनीको मृत्यु भएको छ।
शुद्धोधन गाउँपालिका ५ जयनगर हतिया दोवानी बस्तीमा आइतबार राति ग्यास चुल्होमा खाना बनाउने क्रममा जलेर दाजु बैनीकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
आगलागीमा परेर २४ वर्षीय शिवकुमार यादव र उनकी बहिनी १८ वर्षीया सोनाम यादवको मृत्यु भएको हो। पिलवस्तुका एसपी निरन्जन दत्त भट्टका अनुसार खाना पकाउने क्रममा रेगुलेटरबाट एक्कासी ग्यास लिक भइ आगलागी हुँदा घटना भएको हो।
आगोमा जलेर गम्भीर घाइते भएका दाजु बहिनीलाई उपचारका लागि राति नै युनिभर्सल मेडिकल कलेज भैरहवा लगिएको थियो। उपचारकै क्रममा सोनमको मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यहाँ उपचार सम्भव नभएपछि शिव कुमारलाई थप उपचारको लागि भारतको गोरखपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
दुवैको शव हाल पोस्टमार्टमका लागि भीम अस्पताल भैरहवामा राखिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij