Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

मापसे चेक गर्दा स्कर्पियोमा भेटियो १५ लाखको गहना

मापसे चेक गर्दा स्कर्पियोमा भेटियो १५ लाखको गहना


  • 2.6K
    Shares

    • images
    मापसे चेक गर्दा स्कर्पियोमा भेटियो १५ लाखको गहना

    काठमाडौं । सर्लाहीमा प्रहरीको गस्ती टोलीले १५ लाख मूल्य बराबरको सुन चाँदीको गरगहना सहित भारतीय नम्बर प्लेटको स्कर्पियो गाडी बरामद गरेको छ।

    बीआर ३० एके ७२२० नम्बरको स्कर्पियो गाडीमा विभिन्न किसिमका गहना बरामद भएको सर्लाही प्रहरीले सोमबार सार्वजनिक गरेको हो।

    बरामद सरसामान सहित स्कर्पियो गाडी आवश्यक कारबाहीको लागि आईतवार साँझ सर्लाही भन्सार कार्यालय,  मलंगवामा पठाइएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ ।

    गत ७ गते बिहान साढे ९ बजे  लालबन्दी नगरपालिका-१  स्थित पूर्व-पश्चिम लोकमार्गमा ट्राफिक प्रहरीको टोलीले चेकजाँचको क्रममा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको उक्त स्कर्पियो गाडी नियन्त्रणमा लिएको थियो। चेकजाँच गर्दा साथमा भन्सार कागजात नभएको तथा चालकले मदिरा सेवन गरेको फेला पारेको थियो।

    मदिरा सेवन नगरेको अर्को चालक बोलाउनुस् र ट्राफिक नियमानुसार जरिवाना काटी जानुहोला भनेर जानकारी गराउँदा उनीहरूले आवश्यक कागजातहरू मगाई अर्को चालक समेत लिई आउने भनी चालकसहित चार जना पुरुष व्यक्तिहरू गाडी छाडी गएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सरोज राईले बताएका छन्।

    धेरै समयसम्म पनि नआए पश्चात् शङ्का लागी सवारी नियन्त्रणमा लिई घटनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय लालबन्दीबाट मुचुल्का सहितको टोली गएर जनप्रतिनिधिहरूको रोहवरमा खानतलासी गर्दा गाडीको अगाडी इन्जिनको भागबाट प्लास्टिकले बेरेको जेब्रा झोला भित्र गम्छाले बेरेको गरगहना र गाडी भित्रको भागबाट समेत चाँदी र नगद गरी करिब १५ लाखको सरसामान बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीको सूचनामा उल्लेख गरिएको छ।

    प्रकाशित मिति :जेठ १२ २०८२ सोमवार - ०९:३७:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij