Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस

आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस


  • 14.4K
    Shares

    • images
    आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस
    images

    काठमाडौं । आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस । हरेक वर्षको डिसेम्बर २ का दिन दासप्रथा उन्मूलन दिवसका रुपमा संयुक्त राष्ट्रसंघ र यसका सदस्य राष्ट्रलगायत संसारभर मनाउने चलन छ ।

    सन् १९४९ देखि यो दिवस मनाइँदै आएको छ । अन्तर्राष्ट्रिय श्रम संगठनको प्रतिवेदनका अनुसार अहिले पनि संसारभर ४१ लाख श्रमिकलाई जबर्जस्ती जोखिमपूर्ण काम गर्न लगाइएको छ ।

    यस्ता श्रमिकमा महिला र बालबालिकाको संख्या धेरै छन् । नेपालमा श्री ३ चन्द्र शमसेर जंगबहादुर राणाले झण्डै ९४ वर्ष अगाडि १९८३ सालमा दास प्रथा उन्मूलनको घोषणा गर्नुभएको थियो ।

    नेपालमा आन्तरिक तथा बाह्य बेचबिखन जस्ता आधुनिक दासत्व बढिरहेको यस क्षेत्रका सरोकारवालाहरुको दावी छ ।

    अझै पनि मानव तस्करी गरेर अमानवीय र जोखिमपूर्ण काम गराउने, यौन धन्दामा लगाउने, मानव अंग तस्करी गर्ने गिरोहहरुले दास प्रथाको झल्को दिने काम भैरहेको छ ।

    कमैयाप्रथा, हलिया, कमलरी या अन्य स्वरुपका चलनहरु एकप्रकारको शोषण अनि दासताको उदाहरणका रुपमा नेपालमा कहीँकतै अझै पनि रहेको पाइन्छ ।

    प्रकाशित मिति :मंसिर १७ २०७७ बुधवार - ११:०९:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij