Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

काठमाडौं गौशालामा बस अनियन्त्रित हुँदा ८ वटा सवारी साधन एक आपसमा ठोक्किए

काठमाडौं गौशालामा बस अनियन्त्रित हुँदा ८ वटा सवारी साधन एक आपसमा ठोक्किए


  • 1.6K
    Shares

    • images
    काठमाडौं गौशालामा बस अनियन्त्रित हुँदा ८ वटा सवारी साधन एक आपसमा ठोक्किए

    काठमाडौं । काठमाडौंको गौशालामा यात्रुबाहक बस दुर्घटना भएको छ। एयरपोर्टतर्फ जाँदै गरेको बा ५ ख ६७३५ नम्बरको बस बिहान १०:५५ बजे दुर्घटनामा परेको हो।

    बाबा गोकर्णेश्वर यातायातको बस अनियन्त्रित भई दुर्घटना हुँदा सडकमा गुडिरहेका केही सवारीमा समेत ठक्कर दिएको थियो। दुर्घटनामा तीन जना घाइते भएको प्रहरीले जनाएको छ। 

    अनियन्त्रित बसका चालक भने फरार रहेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहोराले जानकारी दिए। बसले बा ५ ख ७३१ नम्बरको माइक्रोबस, बा.प्र-०१-०२६ च ८५७६ नम्बरको कार, बी एसी ९७७३ नम्बरको कार, बा १६ च ४४५२ नम्बरको कार, प्र-२-०१-००३ प १००५ नम्बरको मोटरसाइकल, बा ५१ प २२ नम्बरको मोटर साइकल, बा.प्र-०२-०४६ प ४८१९ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो। 

    ठोक्किएका सवारीको विवरण

    १) बा ५ ख ६७३५ नं को बाबा गोकर्णेश्वर यातायात (चालक फरार रहेको)
    २) बा ५ ख ७३१ नं को हायस, (चालक काभ्रे घर हुने बर्ष ३४ को रक्तिम लामा)
    ३) बा.प्र-०१-०२६ च ८५७६ नं को कार, (चालक सिन्धुपाल्चोक घर हुने बर्ष २७ को राम तामाङ)
    ४) B AC ९७७३ नं को कार, (चालक वर्ष ५३ को त्रिरत्न प्रजापती)
    ५) बा १६ च ४४५२ नं को कार, (चालक काठमाडौं टोखा घर हुने बर्ष ४१ को प्रेम प्रसाद गेलाल)
    ६) प्र-२-०१-००३ प १००५ नं को मो.सा, (चालक काठमाडौं कोटेश्वर बस्ने बर्ष ३७ को शैलेन्द्र राई)
    ७) बा ५१ प २२ नं को मोटरसाइकल, (चालक काठमाडौं टोखा बस्ने वर्ष ३२ को राजकुमार श्रेष्ठ)
    ८) बा.प्र-०२-०४६ प ४८१९ नं को स्कुटर (चालक भक्तपुर घर हुने बर्ष १९ कि स्मिता ढुङगेल)

    प्रकाशित मिति :जेठ ७ २०८२ बुधवार - १३:०२:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij