Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

अर्थतन्त्र

अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेट, के भयो कुराकानी ?

अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेट, के भयो कुराकानी ?


  • 1.0K
    Shares

    • images
    अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेट, के भयो कुराकानी ?

    काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले भेट गरेका छन् ।

    आज बिहान अर्थ मन्त्रालय पुगी नवनियुक्त गभर्नर पौडेलले अर्थमन्त्री पौडेललाई भेट गरेका हुन् । सो अवसरमा अर्थमन्त्री पौडेलले हार्दिक बधाइ दिँदै सफल कार्यकालको शुभकामना दिए ।

    अर्थमन्त्री पौडेलले वित्त नीति र मौद्रिक नीतिबीच समन्वय गरी अघि बढ्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे । नवनियुक्त गभर्नर पौडेलले अर्थतन्त्र र मौद्रिक क्षेत्रमा देखा परेका समस्या समाधानमा महत्त्वपूर्ण पहल गर्ने उनले विश्वास व्यक्त गरे ।

    नवनियुक्त गभर्नर पौडेलले अर्थ मन्त्रालयले देशको अर्थतन्त्रको नेतृत्व गर्ने र नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वित्त नीति कार्यान्वयनमा सहयोग पुर्‍याउने बताए । उनले वित्तीय क्षेत्रको प्रभावकारिताका लागि राष्ट्र बैंकको सुपरीवेक्षकीय क्षमतामा जोड दिने बताए ।

    सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे लगायतले नवनियुक्त गभर्नर पौडेललाई बधाइ तथा शुभकामना दिए ।

    प्रकाशित मिति :जेठ ७ २०८२ बुधवार - ११:१३:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij