Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

स्विमिङ पुलमा सँगै पौडी खेलेका युवकको मृत्यु, अरु साथीहरू पक्राउ

स्विमिङ पुलमा सँगै पौडी खेलेका युवकको मृत्यु, अरु साथीहरू पक्राउ


  • 1.6K
    Shares

    स्विमिङ पुलमा सँगै पौडी खेलेका युवकको मृत्यु, अरु साथीहरू पक्राउ

    काठमाडौं । पोखरीमा पौडी खेल्ने क्रममा चितवनको भरतपुर महानगरपालिका-२२ का २५ वर्षीय लोकेश महतोको डुबेर मृत्यु भएको छ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार मंगलबार राति इच्छाकामना गाउँपालिका-७ दाहाखानीस्थित दाहाखानी भ्यु रिसोर्टको पौडी पोखरीमा उनी डुबेका हुन्।

    साथीहरूसँग पौडी खेल्न गएका महतो डुबेको भेटिएपछि उनका आठ साथीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

    भरतपुर महानगरपालिका-२२ का २२ वर्षीय सिमन थापा, प्रवीण घिमिरे, ५७ वर्षीय मेघलाल चुडाल, २६ वर्षीय दिपेश महतो, १९ वर्षीय शुबु खत्री र महानगरपालिका-१३ का २६ वर्षीय आदेश सुवेदी, १४ का २९ वर्षीय आशिष शर्मा र लमजुङ सुन्दरबजारका २६ वर्षीय नारायण बस्नेतलाई हिरासतमा लिएर अनुसन्धान थालिएको छ।

    images
    प्रकाशित मिति :जेठ ७ २०८२ बुधवार - १०:१९:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij