२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । मंगलबार हेर्दाहेर्दैमा राखिएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको निवेदनमा आज बुधबार सुनुवाइ नहुने भएको छ।
पूर्वगृहमन्त्री लामिछाने र छविलाल जोशीले उच्च अदालत बुटवलको आदेश बदर गरी थुनामुक्त गर्न माग गरेको निवेदनमा मंगलबारदेखि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ।
मंगलबार लामिछानेका तर्फबाट बहस भएको थियो। न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा रहेको यो मुद्दाको सुनुवाइ आज स्थगन गरिएको सर्वोच्चले जनाएको छ।
न्यायाधीश सुवेदी संवैधानिक इजलासमा जानु पर्ने भएकाले ढकालसँगको इजलास नबस्ने भएको हो। संवैधानिक इजलास हरेक बुधबार बस्दै आएको छ।
बुवलको सुप्रिम सहकारी ठगी मुद्दामा रुपन्देही जिल्ला अदालतबाट एक करोड धरौटीमा रिहा भएका लामिछानेलाई उच्च अदालत बुटवलले भने पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।
छविको हकमा भने जिल्लाले नै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो र उक्त आदेश उच्चबाट पनि सदर भयो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij