Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

नागढुङ्गा–नौबिसे सडकखण्ड जेठ १० गतेदेखि दिउँसो साढे ४ घण्टा बन्द हुने

नागढुङ्गा–नौबिसे सडकखण्ड जेठ १० गतेदेखि दिउँसो साढे ४ घण्टा बन्द हुने


  • 1.2K
    Shares

    • images
    नागढुङ्गा–नौबिसे सडकखण्ड जेठ १० गतेदेखि दिउँसो साढे ४ घण्टा बन्द हुने

    काठमाडौं । नागढुङ्गा–नौबिसे सडकखण्ड निर्माणका लागि यही जेठ १० गतेदेखि २५ गतेसम्म दिउँसो साढे ४ घण्टा बन्द गरिने भएको छ ।

    यसअघि वैशाख २२ देखि ३१ गतेसम्म रातिको समयमा मात्र बन्द गरेर काम हुँदै आएकोमा अब दिउँसोमा समेत बन्द गरेर काम गर्न लागिएको हो ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सडक निर्माण आयोजनाको प्रस्ताव अनुसार जेठ १० गतेदेखि २५ गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म नागढुङ्गा–नौबिसे सडकखण्ड बन्द गर्न लागिएको जानकारी दिए । धादिङ जिल्ला प्रशासन कार्यालयसँग समेत समन्वय गरेर यो निर्णय गरिएको उनले बताए ।

    नागढुंगादेखि नौबिसे सडकखण्डको मोड सुधार गरेर फराकिलो बनाउने र पिच गर्ने काम भइरहेको छ । सडक निर्माण आयोजनाले यसअघि रातिको समयमा भत्काउने काम भएको र प्राविधिक रुपमा गर्नुपर्ने निर्माणको काम दिउँसो नै गर्नुपर्ने भनेपछि सडक बन्द गर्न लागिएको हो ।

    त्यसैले विकल्पको रुपमा धार्के–सितापाइला तथा टोखा–छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न स्थानीय प्रशासनले अनुरोध गरेको छ ।

    बन्दको समयमा काठमाडौंबाट जाने सवारीसाधनहरु नागढुंगामा र नौबिसेतर्फबाट आउने सवारीसाधनहरु खानीखोलामा रोकिने छ ।

    प्रकाशित मिति :जेठ ७ २०८२ बुधवार - ०९:४६:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij