Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

महिला टी–२० विश्वकप छनोट

थाइल्यान्डसँग ७८ रनले हार्‍यो नेपाल

थाइल्यान्डसँग ७८ रनले हार्‍यो नेपाल


  • 1.6K
    Shares

    थाइल्यान्डसँग ७८ रनले हार्‍यो नेपाल

    काजठमाडौं । आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत सुपर थ्री को अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित भएको छ।
     
    थाइल्यान्डले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ८० रन मात्र बनाउन सक्यो। नेपालका लागि  कविता कुवँरले बनाएको २४ रन नै सर्वाधिक रह्यो। ३३ बलमा १ चौका प्रहार गरेकी कविता रन आउट हुन पुगिन्। 

    रुविना क्षेत्री १२ रनमा क्याच आउट हुन पुगिन्। १९ रन बनाउँदा रिटायर्ड हर्ट भएकी राजमति ऐरी रुविना आउट भएपछि पुनः क्रिजमा आएकी थिईन्। उनी २० रनमा अविजित रहिन्। सम्झना खड्का ९, कप्तान इन्दु बर्मा ७ र रुवि पोडार ४ रनमा पेभेलियन फर्के। पुजा महतो, रोमा थापा र इश्वरी विष्ट शुन्य रनमा नै आउट भए। 

    थाइल्यान्डकी ओनिचा कोन्चोम्फुले १९ औँ ओभरमा ह्याट्रिक विकेट लिइन्। एसिया छनोटमा यो पहिलो ह्याट्रिक विकेट हो। उनले १९ औँ ओभरको तेस्रो बलमा रोमा थापा, चौथो बलमा इश्वरी विष्ट र पाचौँ बलमा रिया शर्मालाई पेभेलियनको बाटो देखाइन्। उनले आफ्नो स्पेलमा १ मेडन राख्दै ४ विकेट लिदा १५ रन खर्चिईन्। तिपचाले ३ विकेट लिइन्। 

    त्यसअघि थाइल्यान्डको बैंककस्थित ट्रेडथाइ क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १ सय ५८ रनको योगफल तयार पारेको थियो।  

    थाइल्यान्डकी ओपनर नताया बोचाथामले अर्धशतक पूरा गरिन्। उनले ४२ बलमा ५ चौका सहयोगमा ५० रन बनाउँदा मनिषा उपाध्यायको बलमा रोमा थापाको हातबाट क्याच आउट भईन्। 

    अपिसरा सुवान्चोराथीले ४३ बलमा १ चौका सहयोगमा २९ रन बनाउँदा राजमती ऐरीको बलमा रिया शर्माको हातबाट क्याच आउट नै भईन्।  

    विकेटकिपर ब्याटर नान्नपथ कोन्चाइनकाइ ५० र नथाकन चन्थाम १५ रनमा अविजित रहे। एसिया क्षेत्र छनोटबाट नेपाल र थाइल्यान्डले यसअघि नै ग्लोबल छनोटमा स्थान बनाइसकेका छन्।

    प्रकाशित मिति :जेठ ६ २०८२ मंगलवार - ११:२७:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij