२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । काठमाडौंको सबैभन्दा ठूलो कालीमाटी तरकारी बजारमा भित्रिएको हरियो धनियाँमा लगभग शतप्रतिशत मात्रामा विषादी भेटिएको छ ।
काभ्रेपलाञ्चोकबाट बिक्रीका गर्नको लागि कालीमाटी बजारमा ल्याइएको हरियो धनियाँमा ९९.३७९ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जानकारी दिएको छ ।
केन्द्रीय कृषि प्रयोगशालाले मंगलबार कालीमाटी तरकारी बजारको १७ पसलको १७ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो भने परीक्षण क्रममा हरियो धनियाँमा ९९.३७९ प्रतिशत विषादी भेटिएको छ ।
उक्त हरियो धनियाँमा विषादीको मात्रा धेरै भेटिएको धनियाँ उपभोग अयोग्य रहेको जानकारी दिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij