Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

राजा फर्काएरै छाड्छौँ, भाग्न नसक्नेहरूलाई हेलिकप्टर सुविधा दिन्छौँ : राजेन्द्र लिङ्देन

राजा फर्काएरै छाड्छौँ, भाग्न नसक्नेहरूलाई हेलिकप्टर सुविधा दिन्छौँ : राजेन्द्र लिङ्देन


  • 1.7K
    Shares

    • images
    राजा फर्काएरै छाड्छौँ, भाग्न नसक्नेहरूलाई हेलिकप्टर सुविधा दिन्छौँ : राजेन्द्र लिङ्देन

    काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जेठ १५ गतेदेखि सुरु हुने आफूहरूको आन्दोलन हिंसात्मक नहुने बताएका छन् । 

    मंगलबार काठमाडौंमा आयोजित आन्दोलन तयारी सभामा बोल्दै लिङ्देनले जेठ १५ गतेदेखि सुरु हुने आन्दोलनलाई पूर्ण नियन्त्रणमा राखिने भन्दै कुनै प्रकारको हिंसात्मक प्रदर्शन नहुने बताएका हुन् । सरकारलाई पनि कुनै पनि प्रकारको दमन गर्ने वा हिंसा भड्काउने मौका नदिने उनको भनाई थियो । 

    उनले मानवअधिकार आयोगका साथै अन्य अन्तर्राष्ट्रिय संघसंस्थाहरुलाई जेठ १५ गते हुने प्रदर्शनको अनुगमन गर्न आग्रह गरिने जानकारी दिए । अध्यक्ष लिङ्देनले भद्र अवज्ञा वा सत्याग्रहबाटै आफ्ना मान्यताहरू स्थापित गरिने उल्लेख गरे । 

    यस पटकको आफूहरूको आन्दोलनलाई टुङ्गोमा पुराएरै छाड्ने उनले दाबी गरे । त्यस्तै केही दिन अघि प्रधानमन्त्री केपी ओलीले संसद्मा सम्बोधनका क्रममा ‘हामी त बुढो भयौँ, तपाईं चाहिँ भाग्न मिल्छ’ भन्ने अभिव्यक्तिको जवाफ दिँदै लिङ्देनले सम्झौता गर्न तयार नभए भाग्न नसक्नेहरूलाई हेलिकप्टर सुविधा दिने टिप्पणी गरे ।

    त्यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाले जनताको घर–घरमा गएर आफूहरूको आन्दोलनका बारेमा जनतालाई जानकारी गराउने बताए । अबको आन्दोलनको अग्रपंक्तिमा केन्द्रीय नेता हुने भएकाले कुटाइ खानुपरे अग्रभागमा रहेका नेताहरूले खाने उनले बताए । उनले अबको आन्दोलन शान्तिपूर्ण हुने भएकाले ढुक्क भएर प्रदर्शनमा सहभागी हुन आग्रह गरे ।

    अध्यक्ष थापाले जनताको उपस्थितिबाटै भ्रष्ट शासकहरूलाई पराजित गर्ने र आफ्ना एजेन्डा स्थापित गराएरै छाड्ने बताए ।  

    प्रकाशित मिति :जेठ ६ २०८२ मंगलवार - ११:०९:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij