२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । झापा प्रहरीले भन्सार छली नेपाल भित्र्याइएको सामानसहित तीनवटा कन्टेनर नियन्त्रणमा लिएको छ । बिर्तामोड नगरपालिका-५ मा आइतबार राति नेपाल प्रहरीले उक्त कन्टेनरहरू जाँच गर्दा भन्सार छलेर अवैध रुपमा सामान भित्र्याइएको फेला पारेको निमित्त सूचना अधिकारी प्रवीण श्रेष्ठले बताएका छन्।
भारतबाट काँकडभिट्टा नाका हुँदै नेपाल भित्रिएका एनएल ०१ एएच ५६७९, एनएल ०१ एन ९२२३ र एनएल ०२ एन ७४८६ नम्बरका भारतीय नम्बर प्लेट भएको तीन कन्टेनरलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, ती कन्टेनरबाट ३ करोड ६१ लाख बराबरको भन्सार छलीका सामान बरामद गरिएको छ । ती कन्टेनरभित्र बाली काट्ने मेसिन र त्यसमा प्रयोग हुने कृषि औजार रहेको थियो। बरामद भएको कन्टेनरहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij