Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

लमजुङ तरुण दलको अधिवेशनमा खुकुरी हानाहान, वडाध्यक्षसहित चारजना घाइते

लमजुङ तरुण दलको अधिवेशनमा खुकुरी हानाहान, वडाध्यक्षसहित चारजना घाइते


  • 1.4K
    Shares

    लमजुङ तरुण दलको अधिवेशनमा खुकुरी हानाहान, वडाध्यक्षसहित चारजना घाइते

    काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनमा खुकुरी हानाहानमा परेर चारजना घाइते भएका प्रहरीले जनाएको छ। 

    बेँसीसहर नगरपालिका– ८ स्थित प्रगतिटोल आमा समूह भवनमा आयोजित तरुण दलको पाँचौं जिल्ला अधिवेशनको उद्घाटन सत्रमा प्रतिनिधि छनोटको विवादले उग्र रूप लिँदा खुकुरी हानाहान भएको हो।

    घाइते हुनेहरूमा बेँसीसहर नगरपालिका–९ का वडाध्यक्ष तथा तरुण दलका क्षेत्रीय सभापति खुसीजङ्ग गुरुङ, नेपाली कांग्रेस लमजुङका जिल्ला कार्यसमिति सदस्य किशोरजङ्ग बस्नेत, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुदीप अधिकारी र नेपाल तरुण दलका सदस्य धन घले रहेका जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

    घाइतेमध्ये वडाध्यक्ष गुरुङ र विद्यार्थी नेता अधिकारीलाई थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर लगिएको प्रहरीले जनाएको छ। प्रतिनिधि छनोटको विषयलाई लिएर दुई पक्षबीच विवाद हुँदा खुकुरी प्रहार भएको हो । पूर्णकालीन सदस्यता र प्रतिनिधि चयन प्रक्रिया लगायतका विषयमा दुई समूहबीच विवाद भएको हो ।

    images
    प्रकाशित मिति :जेठ ४ २०८२ आइतवार - ०९:३८:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij