२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।
उनी जेठ ४ गते बिहान ९ः२० बजे सगरमाथाको चुचुरोमा पुगेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवम् डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । सहप्रवक्ता थापाका अनुसार छत्यालले ‘सगरमाथा सम्वाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराएका छन् ।
सहायक निरीक्षक छत्यालले गत वैशाख २२ गते ६ हजार ११४ मिटर अग्लो लोबुचे हिमालको समेत सफल आरोहण गरेका थिए । तराई, पहाड, हिमाल, सीमा सुरक्षामा सशस्त्र प्रहरी बल नेपाल भन्ने सन्देश सहित सहायक निरीक्षक छत्याल ‘सगरमाथा सम्वाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा लिई सगरमाथा आरोहण लागि वैशाख १५ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।
उनलाई बैशाख १४ गते प्रधानमन्त्री केपी शर्मा ओली र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सगरमाथा सफल आरोहणको शुभकामनासहित बिदाइ गरेका थिए ।
सहायक निरीक्षक छत्याल सशस्त्र प्रहरी बल नेपाल नं. १९ बंगलामुखी विशेष कार्यदल गण हलचोकमा कार्यरत छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij