Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

दुर्घटना

काठमाडौंको बानेश्वरमा कारको ठक्करबाट तीन वर्षका बालकको मृत्यु

काठमाडौंको बानेश्वरमा कारको ठक्करबाट तीन वर्षका बालकको मृत्यु


  • 1.8K
    Shares

    • images
    काठमाडौंको बानेश्वरमा कारको ठक्करबाट तीन वर्षका बालकको मृत्यु

    काठमाडौं ।  काठमाडौंको मध्य बानेश्वमा कारको ठक्करबाट तीन वर्षका बालकको मृत्यु भएको छ। 

    बानेश्वर नजिकै कात्यानी चोकमा बा प्र ०१–३१ च ९५६३ नम्बरको कारले ठक्कर दिँदा बालकको मृत्यु भएको हो।

    शुक्रबार बिहान ९ः२६ बजे काठमाडौं महानगरपालिका ३१ कात्यानी चोकस्थित सडकमा भिमसेनगोलातर्फ जाँदै गरेको बा.प्र ०१–३१ च ९५६३ नम्बरको कारले ठक्कर दिँदा सोही ठाउँमा डेरा गरी बस्ने भारतीय नागरिक आलोक कुमार झाका ३ वर्षका छोरा शिवांस झाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

    कारको ठक्करबाट गम्भीर घाइते भएका बालकलाई उपचारका लागि तत्कालै काठमाडौं मेडिकल कलेज सिनामंगल लगिएको थियो। उपचारका क्रममा साढे १० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए।

    काठमाडौं महानगरपालिका- ३१ का ५५ वर्षीय रमेश कुमार श्रेष्ठले चलाएको कारले ठक्कर दिँदा बालकको टाउकोमा गम्भीर चोट लागेको थियो। 

    मृतक बालक बुवा आलोक कुमार झा भारतको सितामढी घर भई हाल कात्यानीमा बस्दै आएका थिए। सवारी चालक श्रेष्ठ र सवारी बानेश्वर वृत्तको नियन्त्रणमा रहेका पनि एसपी बोहराले  जानकारी दिए।

    प्रकाशित मिति :जेठ २ २०८२ शुक्रवार - ११:२०:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij