Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ, सर्वोच्च परिसरमा मिश्रको हतकडी खोलियो

रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ, सर्वोच्च परिसरमा मिश्रको हतकडी खोलियो


  • 1.1K
    Shares

    रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ, सर्वोच्च परिसरमा मिश्रको हतकडी खोलियो

    काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रसँग शुक्रबार सर्वोच्च अदालतको इजलासमा बयान लिइँदै छ । त्यसअघि उनलाई सर्वोच्च अदालत परिसरमा हतकडी खोलिएको छ । इजलासमा लैजानु अगाडि मिश्रको हतकडी खोलिएको हो ।

    यसअघि काठमाडौं जिल्ला अदालतमा लैजाँदा मिश्रलाई हतकडी सहित लगिएको थियो । नेपाल प्रहरी प्रधान कार्यालयको जवाफ महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित रूपमा पेस भएपछि मिश्रसँग बयान लिइँदैछ ।

    उनलाई बिहीबार साँझ पनि सर्वोच्च अदालतमा उपस्थित गराइएको थियो । मिश्रकी श्रीमती सारिका कार्कीले दायर गरेको रिटमा बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले कारण देखाऊ आदेश जारी गर्दै अनुसन्धानको मिसिलसहित २४ घण्टाभित्र मिश्रलाई इजलासमा उपस्थित गराउन आदेश गरेको थियो ।

    आज भने मिश्रको रिट न्यायाधीश कुमार चुँडाल र तिलप्रसाद श्रेष्ठको इजलासमा परेको छ ।  गत चैत्र १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहले हिंसात्मक गतिविधि गरेको भन्दै प्रहरीले मिश्र सहित दुर्गा प्रसाईँ लगायतलाई पक्राउ गरेको थियो । 

    मिश्रमाथि प्रहरीले राज्यद्रोह, सङ्गठित अपराध, आपराधिक उपद्रव कसुरमा अनुसन्धान गरिरहेको छ ।

    images
    प्रकाशित मिति :जेठ २ २०८२ शुक्रवार - ११:११:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij