Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

निजामती कर्मचारी विधेयक राज्य व्यवस्था समितिबाट पारित, उमेर हद ६० वर्ष पुर्‍याउने सहमति

निजामती कर्मचारी विधेयक राज्य व्यवस्था समितिबाट पारित, उमेर हद ६० वर्ष पुर्‍याउने सहमति


  • 3.3K
    Shares

    निजामती कर्मचारी विधेयक राज्य व्यवस्था समितिबाट पारित, उमेर हद ६० वर्ष पुर्‍याउने सहमति

    काठमाडौं । निजामती कर्मचारी विधेयक राज्य व्यवस्था समितिबाट पारित भएको छ । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको हो ।

    विवादित दुई विषय कुलिङ पिरियड र कर्मचारीको अवकाश उमेर ६० वर्ष बनाउँदा अपनाउने कार्यान्वयन विधिमा सहमति जुटेपछि विधेयक पारित भएको समिति सदस्य सरिता प्रसाईले जानकारी दिएका छन्

    निजामती कर्मचारीको उमेर हद ६० वर्ष पुर्‍याउने सहमति भएको छ भने बढाएको उमेर हद लागु एकरएक वर्ष गरी गरिने  भएको छ । 

    त्यसैगरी कुलिङ पिरियड दुई वर्ष राख्ने सहमति भएको छ  भने आजको बैठकमा सरकारको तर्फबाट गृहमन्त्री रमेश लेखकले दुवै विषयमा राखेका प्रस्ताव समितिबाट पारित भएपछि विधेयक समितिबाट पास भएको छ ।

    विधेयकमा निजामती सेवामा प्रवेश गर्ने उमेर पुरुषको ३५ वर्षसम्म र महिलाको ३९ वर्षसम्म राखिएको छ। विधेयकमा स्थानीय तहका कर्मचारीहरूको लागि १ पटकको लागि अन्तरप्रदेश सरुवा हुन पाउने व्यवस्था पनि गरिएको छ ।

    images
    प्रकाशित मिति :जेठ २ २०८२ शुक्रवार - १०:३३:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij