Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

महिला टी–२० विश्वकप छनोट

बहराइनलाई ६ विकेटले हराउँदै तालिकाको पहिलो स्थानमा उक्लियो नेपाल

बहराइनलाई ६ विकेटले हराउँदै तालिकाको पहिलो स्थानमा उक्लियो नेपाल


  • 1.5K
    Shares

    बहराइनलाई ६ विकेटले हराउँदै तालिकाको पहिलो स्थानमा उक्लियो नेपाल

    काठमाडौं ।  थाइल्याण्डमा जारी आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको आफ्नो चौथो खेलमा नेपालले बहराइनमाथी ६ विकेटको जित निकालेको छ ।

    तेरथाइ क्रिकेट ग्राउण्डमा बहराइनले दिएको ५६ रनको लक्ष्य नेपालले ८ बल अगावै पूरा गर्‍यो । नेपालका लागि कप्तान इन्दु बर्माले ७ बलमा अविजित २४ रन बनाइन् ।

    पुजा महतोले ११ बलमा १४ रनको योगदान दिइन् । यसअघि पहिला ब्याटिङ गरेको बहराइनले १२ ओभर ४ बलमा ३ विकेट गुमाएर ७६ रन बनाउदा वर्षा भएको थियो ।

    लामो समय वर्षाका कारण खेल रोकिएपछि डिएलएसका आधारमा नेपालले ७ ओभरमा ५६ रनको लक्ष्य पाएको थियो ।

    प्रकाशित मिति :जेठ १ २०८२ बिहिवार - १५:१३:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij