Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

‘राज्यले जातीय विभेद छैन भनेर सत्यलाई लुकाउन खोज्यो’

‘राज्यले जातीय विभेद छैन भनेर सत्यलाई लुकाउन खोज्यो’


  • 904
    Shares

    • images
    ‘राज्यले जातीय विभेद छैन भनेर सत्यलाई लुकाउन खोज्यो’

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जातीय विभेद छैन भनेर सत्यलाई लुकाउन खोजेको आरोप लगाएका छन् ।

    प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद परियारले भने, ‘जातीय विभेद छैन भन्दै सत्यलाई लुकाउन खोजिएको छ । हामी दिउँसै रात पार्न खोजेका छौँ । सत्यबाट भाग्न खोजिरहेका छौँ ।’ 

    सांसद परियारले विभेद छैन भनेपछि न्याय दिन पर्दैन भनेर पनि भाग्न खोजेको आरोप पनि लगाए । राज्यले अहिलेसम्म नेपाली समाजको वास्तविक समस्याको पहिचान गर्न सकेको उनले बताए । समाजको वास्तविक समस्या राज्यले बुझ्न नसक्दा नागरिक र राज्यबिच सम्बन्ध बलियो हुन नसकेको दाबी परियारको छ । 

    परियारले संविधानमा लिपिबद्ध गरेका जनताका अधिकारलाई कार्यान्वयन गर्ने बजेट ल्याउन सरकारलाई आग्रह गरे ।

    प्रकाशित मिति :बैशाख ३० २०८२ मंगलवार - ११:२९:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij