२०८२ माघ ७ गते बुधवार
काठमाडौं । नेको इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको सार्वजनिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले ३६ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको छ।
गत आर्थिक वर्षको अवधिसम्म कम्पनीले ३७ करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो भने गत आर्थिक वर्षको तुलनामा कम्पनीको नाफा २.१६ प्रतिशतले घटेको छ।
कम्पनीको बीमा कोषमा ४ अर्ब ६० लाख रुपैयाँ रहेको छ भने गत वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार १७.३० प्रतिशतले बढेको छ। कम्पनीले २ अर्ब १६ करोड १४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ११.७५ प्रतिशतले बढेको छ।
कम्पनीको शेयरपुँजी २ अर्ब १ करोड २३ लाख रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी घटेर २४.४७ रुपैयाँ कायम भएको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ २६७.४० रुपैयाँ रहेको छ। कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब २२ करोड ७९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij