Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

महिला टी-२० विश्वकप छनोट : नेपालले हङकङसँग खेल्दै

महिला टी-२० विश्वकप छनोट : नेपालले हङकङसँग खेल्दै


  • 1.3K
    Shares

    महिला टी-२० विश्वकप छनोट : नेपालले हङकङसँग खेल्दै

    काठमाडौं । नेपालले थाइल्याण्डमा भइरहेको आइसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा आज हङकङसँग खेल्दैछ ।

    छनोटको समूह सि मा रहेको नेपाल र हङकङबीचको खेल बैंककस्थित टेरथाई क्रिकेट ग्राउण्डमा बिहान १२:३५ बजे सुरु हुनेछ ।

    डबल राउण्ड रोविन प्रणालीमा भइरहेको छनोट प्रतियोगितामा यी दुई टोलीबीचको पहिलो खेलमा वर्षाका कारण टस नभई रद्द भएको थियो । नेपालले त्यसपछि बहराइनलाई पराजित गर्दै पहिलो जित दर्ता गरेको थियो । 

    सोमबार हङकङ र बहराइनबीचको खेल पनि वर्षाका कारण पूरा हुन पाएन । बहराइनले ४ ओभरमा १५ रन बनाएर खेलिरहेको अवस्थामा वर्षाले खेल रोकिएपछि फेरि सुरु हुन सकेन । हङकङको दुवै खेल वर्षाले प्रभावित हुँदा घाटा लागेको छ ।

    अब आज हुने खेलमा नेपालले हङकङलाई पराजित गरेका एक खेल अगावै समूह विजेता बन्दै सुपर थ्री चरणमा पुग्ने निश्चित हुनेछ । यदी आजको खेलमा नेपाल पराजित भएमा भने नेपालको यात्रा कठिन हुनेछ ।

    नेपाल र हङकङबीच भएका पछिल्ला ५ टी२० खेलमा नेपालले दुई खेल जितेको छ भने हङकङले उक खेल जितेको छ । पछिल्ला दुवै खेल वर्षाका कारण रद्द भएका थिए ।

    छनोटमा ९ टिमलाई तीन समूहमा विभाजन गरिएको छ र हरेक समूहबाट शीर्ष टोलीले सुपर थ्री मा स्थान बनाउनेछन् । सुपर थ्री मा तीन टिमले एक आपसमा खेलेपछि शीर्ष दुई टोलीले आईसीसी महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान पक्का गर्नेछन् ।

    नेपाली महिला टोली अहिलेसम्म ग्लोबल क्वालिफायर समेत पुग्न सकेको छैन । यस पटक ग्लोबल क्वालिफायर पुग्दै विश्वकपसम्म पुग्ने नेपालको लक्ष्य छ ।

    प्रकाशित मिति :बैशाख ३० २०८२ मंगलवार - ०७:४९:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij