Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

वैशाख ३० गते मंगलबार,यस्ताे छ तपाईँकाे राशिफल

वैशाख ३० गते मंगलबार,यस्ताे छ तपाईँकाे राशिफल


  • 1.6K
    Shares

    वैशाख ३० गते मंगलबार,यस्ताे छ तपाईँकाे राशिफल

    मेष: समय अनुकूल देखिँदैन । रोगव्याधिको भय, आर्थिक नोक्सानी, काममा बाधा हुन सक्छ ।

    वृष: दिन शुभ फलदायक छ । धन लाभ, मान–सम्मान, इज्जत–प्रतिष्ठा बढ्ने देखिन्छ ।

    मिथुन: समय शुभ भएकाले आर्थिक लाभ, प्रतिस्पर्धा एवम् परीक्षा प्रतियोगितामा सफलता होला ।

    कर्कट: सजग रहनु बेस । बाथजन्य रोगको भय, कार्य असफल, शोकसन्ताप, तनाव हुन सक्छ ।

    सिंह: समय अनुकूल नहुँदा पेटको खराबी, पारिवारिक विवाद, निरर्थक घुमफिर हुन सक्छ ।

    कन्या: दिन शुभ छ । आर्थिक लाभ, मान–सम्मान, पढाइमा सफलता, मान वृद्धि हुने देखिन्छ ।

    तुला: धन हानि, व्यर्थको खर्च, चञ्चलता, आँखामा समस्या हुन सक्छ । सजग रहनुहोला ।

    वृश्चिक: तपाईंका लागि दिन शुभ छ । पुरस्कार–उपहार प्राप्ति, धन लाभ, कार्य सफल हुन सक्छ ।

    धनु: आर्थिक नोक्सानी, चोटपटकको भय, निरर्थक खर्च हुने सम्भवना भएकाले सतर्क रहनु बेस ।

    मकर: तपाईंका लागि दिन उत्तम छ । पैसा प्राप्ति, उत्तम भोजन, परिवार–सुख हुने देखिन्छ ।

    कुम्भ: समय अनुकूल भएकाले सुख–सन्तोष, कार्य सिद्धि, स्वस्थता, मन प्रफुल्लित होला ।

    मीन: राज्यको भय, इज्जत–प्रतिष्ठामा ह्रास, चिन्ता बढ्न सक्छ । सजग रहनु बेस होला ।

    प्रकाशित मिति :बैशाख ३० २०८२ मंगलवार - ०५:०४:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij