Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

कूल पूजा गर्न गएका ओली दम्पतीको मृत्यु

कूल पूजा गर्न गएका ओली दम्पतीको मृत्यु


  • 3.8K
    Shares

    • images
    कूल पूजा गर्न गएका ओली दम्पतीको मृत्यु

    दाङ । सानीभेरी गाउँपालिका १० तिमिलेमा सवारी दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । लुम्बिनी प्रदेश ०२००१ च ०१७७ नम्बरको स्कोरपियो कार दुर्घटना भएको हो ।

    सानीभेरी–१० सार्कीमारे स्थायी ठेगाना भई हाल दाङमा बस्दै आएका ५० वर्षका नरबहादुर ओलीको घटनास्थालमै र उनकी श्रीमती ४४ वर्षकी लीला ओलीको उपचारका लागि चौरजहारीतर्फ लैजाँदै गर्दा बाटोमा ज्यान गएको जिल्ला प्रहरी प्रमुख डीएसपी प्रमेश विष्टले जानकारी दिए ।

    नरबहादुरकी माइली आमा र चालक दुर्घटनामा परी गम्भीर घाइते भएका छन् । उनीहरुको चौरजहारीको मिसन अस्पतालमा उपचार भइरहेको छ ।

    दाङबाट कुलपूजामा सहभागी हुन गाउँ गएका चालकसहित ४ जना सवार डबल क्याप स्कोरपियो आज दिउँसो २ बजेतिर दुर्घटना भएको हो ।

    प्रकाशित मिति :बैशाख २९ २०८२ सोमवार - १७:३२:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij