Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

भारत-पाकिस्तान

भारत-पाकिस्तान युद्धविराममा ओलीले बोले : हामीले बुद्धको मार्ग संयम रोज्न आग्रह गर्‍यौँ ,हात हालाहाल रोकियो

भारत-पाकिस्तान युद्धविराममा ओलीले बोले : हामीले बुद्धको मार्ग संयम रोज्न आग्रह गर्‍यौँ ,हात हालाहाल रोकियो


  • 1.8K
    Shares

    • images
    भारत-पाकिस्तान युद्धविराममा ओलीले बोले : हामीले बुद्धको मार्ग संयम रोज्न आग्रह गर्‍यौँ ,हात हालाहाल रोकियो

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्भावित लडाइँबाट पन्छिएकोमा छिमेकी देश भारत र पाकिस्तानलाई धन्यवाद दिएका छन् ।

    दुई देशबीच हात हालाहालको स्थिति आए पनि युद्ध सुरु नभएको प्रति उनले सन्तोष व्यक्त गरे । आज लुम्बिनीमा आयोजित २५६९ औँ बुद्ध जयन्ती मूल समारोहमा प्रधानमन्त्री ओलीले बुद्धका उपदेशहरू आज पनि विश्वका लागि महत्त्वपूर्ण रहेको बताए ।

    भारत–पाकिस्तानबीच हालै उत्पन्न तनावको सन्दर्भ प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले नेपालले संयमित व्यवहार र संवादमार्फत समस्या समाधानको आग्रह गरेको उल्लेख गरे। ‘हामीले बुद्धका सन्देशअनुसार संयम र संवादको मार्ग रोज्न आग्रह गर्‍यौँ,’ उनले भने।

    उनले भारत र पाकिस्तानको प्रसंग जोड्दै भने, ‘केही दिन अगाडि मात्रै हाम्रै छिमेकमा अलिकति हात हालाहाल भएको थियो । तर त्यो हात हालाहाल बढ्न पाएनन् । संयमका लागि उहाँहरूलाई धन्यवाद छ । हामीले सुरुदेखि भन्यौँ, विस्तार हुन नपाओस् है यो हात हालाहालको स्थिति भनेर । लडाइँमा परिणत हुन नपाओस् भन्ने कामना गर्‍यौँ ।

    उहाँहरुसित पनि कुरा गर्‍यौँ, नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । फेरि पनि केही खसखस र आरोप प्रत्यारोपको स्थिति छ ।’

    प्रकाशित मिति :बैशाख २९ २०८२ सोमवार - १२:०२:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij