Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

समाचार

जेलको शौचालयमा झुण्डिएको अवस्थामा एक थुनुवा मृत भेटिए

जेलको शौचालयमा झुण्डिएको अवस्थामा एक थुनुवा मृत भेटिए


  • 2.1K
    Shares

    • images
    जेलको शौचालयमा झुण्डिएको अवस्थामा एक थुनुवा मृत भेटिए

    काठमाडौं ।  जाजरकोट कारागारमा थुनामा रहेका एक युवक झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।

    भेरी नगरपालिका-१० का २६ वर्षीय दीपक बुढाले आइतबार बिहान कारागारको शौचालयमा झुन्डिएर आत्महत्या गरेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) बसन्त प्रशाद शर्माका अनुसार उनी जबर्जस्ती करणी आरोपमा २०८१ चैत ५ गतेदेखि पुर्पक्षका लागि थुनामा राखिएका थिए ।

    मुद्दाको फैसला आउनुअघि नै उनले आत्महत्या गरेका हुन् । घटनाको विस्तृत अनुसन्धान भइरहेको छ डीएसपी शर्माले भने, ‘मुचुल्का उठाउने र प्रमाण संकलनको काम भइरहेको छ ।’

    दीपकले आत्महत्या गर्नुको कारण खुल्न बाँकी छ । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

    प्रकाशित मिति :बैशाख २८ २०८२ आइतवार - १५:३४:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij