Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

हर्क साम्पाङलाई प्रचण्डले भने- उट्पट्याङ कुरा गर्नुहुन्छ, नकारात्मक नहुनुस्, हामी सँगै हिँड्न पर्छ

हर्क साम्पाङलाई प्रचण्डले भने- उट्पट्याङ कुरा गर्नुहुन्छ, नकारात्मक नहुनुस्, हामी सँगै हिँड्न पर्छ


  • 3.3K
    Shares

    • images
    हर्क साम्पाङलाई  प्रचण्डले भने- उट्पट्याङ कुरा गर्नुहुन्छ, नकारात्मक नहुनुस्, हामी सँगै हिँड्न पर्छ

    विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धरानका मेयर हर्क साम्पाङ्गलाई आफूसँगै हिँड्न अनुरोध गरेका छन् । माओवादीको भातृ सङ्गठन किराँती राष्ट्रिय मुक्ति मोर्चा र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपालको संयुक्त राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले धरानका मेयर साम्पाङ्गलाई परिवर्तनका लागि माओवादीसँग सँगै हिँड्न आग्रह गरे ।

    उनले भने, ‘मैले हर्क साम्पाङ्गलाई यस अघि नै लोकतन्त्रको सुन्दर फुल भनेको छु । यद्यपि उट्पट्याङ कुरा गर्नुहुन्छ । बेलाबेला नकारात्मक कुरा गर्नुहुन्छ । तपाईँले नकारात्मक कुरा गर्न जरुरी छैन । संविधानले दिएको अधिकार प्राप्तिका लागि हामीलाई साथ दिनुहोस् । भ्रष्टाचार अन्त्य गर्ने सुशासन कायम गर्ने र अधिकार प्राप्ति गर्न सडक सदनबाट लडौं । अब मेयर जीले त्यति धेरै नकारात्मक हुनु हुँदैन । हामी सँगै हिँड्न पर्छ । ’

    उनले माओवादीलाई कमजोर बनाएर पहिचानको आन्दोलन सफल नहुने समेत बताए । उनले माओवादी कमजोर भए पहिचानको आन्दोलन पनि कमजोर हुने बताए । उनले भने, माओवादीलाई कमजोर बनाएर पहिचानको आन्दोलन बलियो हुन्छ भन्ने गल्ती नगरौँ ।’

    उनले पहिचानको आन्दोलनका लागि माओवादीले गम्भीर आत्म समीक्षा गरेर आएको बताए । उनले आफू बालुवाटारमा भए पनि र खुमलटुरमा भए पनि पहिचानका लागि आन्दोलन गरिरहेकाहरूसँग वार्ता र संवाद गरी राखेको बताए । उनले भने, ‘हिजो सडकमा ३० दलीय मोर्चा हूदाँ होस या २२ दलीय मोर्चा हामी सँगै थियौ । मैले नै नेतृत्व गरेर पहिचानको आन्दोलन सफल भएको थियो ।’

    अध्यक्ष प्रचण्डले पहिचानका लागि आफ्नो र माओवादीको नेतृत्वमा आन्दोलन गरिएको बताए । उनले भने, ‘पहिचानका लागि हिजो सँगै लडेको थियो । पहिचानका विषयमा हामी गम्भीर आत्मासमिक्षा सहित समाजवादको लक्ष्यका लागि आएका छौ । एक पटक फेरी माओवादीलाई स्वीकार गर्नुस् ।’

    प्रकाशित मिति :बैशाख २८ २०८२ आइतवार - १४:४६:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij