२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । खोटाङमा एक महिलाले कोदालो प्रहार गरेर पतिको हत्या गरेकी छन्।
हलेसी तुवाचुङ नगरपालिका-९ का ५१ वर्षीय पाँचकर्ण राईलाई आफ्नै पत्नी ५३ वर्षीया रेनुका राई कोदालो प्रहार गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सामान्य घरायसी विवादमा उनले कोदालो प्रहार गरेर पतिको हत्या गरेकी हुन्। विवाद गर्ने क्रममा पत्नीले कोदालोको पासोले टाउकोमा प्रहार गर्दा पाँचकर्ण गम्भीर घाइते भएका थिए।
प्रहरी चौकी अर्खौलेबाट खटिएको प्रहरी टोलीले राईलाई उद्दार गरी थप उपचारको लागी हेलिकप्टरमार्फत् काठमाडौं पठाएको थियो। अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
घटनामा संलग्न राईकी श्रीमतीलाई जिल्ला प्रहरी कार्यालय खोटाङले नियन्त्रणमा लिएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij