Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

भारत-पाकिस्तान तनाव

प्रधानमन्त्रीसँग भारतीय राजदूतको भेट, के भयो कुराकानी ?

प्रधानमन्त्रीसँग भारतीय राजदूतको भेट, के भयो कुराकानी ?


  • 1.1K
    Shares

    • images
    प्रधानमन्त्रीसँग भारतीय राजदूतको भेट, के भयो कुराकानी ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटेका छन् ।

    प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतङ्कवादी आक्रमणका कारण भारत(पाकिस्तानबीच उत्पन्न पछिल्लो तनाव र घटनाक्रमबारे राजदूत श्रीवास्तले प्रधानमन्त्री ओलीलाई जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    आक्रमण भएको ठाउँमा भारतले जवाफी कारवाही गरेको तर जेट हमला गरेको भन्ने प्रचार सत्य नभएको राजदूत श्रीवास्तवले प्रष्ट्याएका छन् । राजदूत श्रीवास्तवले उक्त घटनाका सम्बन्धमा नेपाल सरकारबाट विहीबार सार्वजनिक भएको वक्तव्यप्रति धन्यवाद जनाएका छन् ।

    भेटमा प्रधानमन्त्री ओलीले नेपाल विश्व शान्तिका पक्षमा रहेको उल्लेख गर्दै सबै प्रकारका आतङ्कवादविरुद्ध आफ्नो दृढ अडान अनुरूप उक्त आतङ्कवादी हमलाको भर्त्सना गरेका छन् ।

    नेपालले कुनै पनि द्वन्द्वरत शक्तिलाई छिमेकी राष्ट्रहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने प्रम ओलीले प्रष्ट पारेका छन् ।

     

    प्रकाशित मिति :बैशाख २६ २०८२ शुक्रवार - १४:५५:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij