Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

मोटरसाइकल र्‍याली

राजसंस्था पुनःस्थापनाको माग गर्दै काठमाडौंमा राजावादीहरुको मोटरसाइकल र्‍याली

राजसंस्था पुनःस्थापनाको माग गर्दै काठमाडौंमा राजावादीहरुको मोटरसाइकल र्‍याली


  • 2.0K
    Shares

    • images
    राजसंस्था पुनःस्थापनाको माग गर्दै काठमाडौंमा राजावादीहरुको मोटरसाइकल र्‍याली

    काठमाडौं । राजतन्त्र पुनस्स्थापनाका लागि अनिश्चितकालीन संयुक्त जनआन्दोलन घोषणा गरेका राजावादी शक्तिहरूले आज मोटरसाइकल र्‍याली निकालेका छन् ।

    काठमाडौंको सुकेधारादेखि बल्खुसम्म निकालिएको र्‍यालीमा राजसंस्था पुनस्स्थापना संयुक्त जनआन्दोलन समिति संयोजक नवराज सुवेदी, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतका नेता पुगेका थिए ।

    मोटरसाइकल र्‍यालीमा सहभागीहरूले राष्ट्रिय झण्डा, हिन्दूत्व झल्कने झण्डाहरू बोकेका थिए । समितिले विहीबार आउँदो जेठ १५ गतेबाट जनआन्दोलन सुरू गर्ने तथा राजसंस्था र हिन्दू राष्ट्र स्थापन नभएसम्म नटुंगिने उद्घोष गरेको छ ।

    यो आन्दोलनमा राप्रपा र राप्रपा नेपालसहित अन्य राजावादी शक्तिहरू पनि सामेल रहनेछन् ।

    प्रकाशित मिति :बैशाख २६ २०८२ शुक्रवार - १४:०१:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij