Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

एसियन लाइफ इन्स्योरेन्सले पायो बोर्डबाट ४२% हकप्रद शेयर जारी गर्ने अनुमति

एसियन लाइफ इन्स्योरेन्सले पायो बोर्डबाट ४२% हकप्रद शेयर जारी गर्ने अनुमति


  • 1.3K
    Shares

    एसियन लाइफ इन्स्योरेन्सले पायो बोर्डबाट ४२% हकप्रद शेयर जारी  गर्ने अनुमति

    काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीलाई नेपाल धितोपत्र बोर्डले हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको छ। बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

    बोर्डले वैशाख २६ गते एसियन लाइफलाई हाल कायम चुक्तापुँजीको १ः०.४२ अनुपातमा अर्थात ४२ प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति दिएको हो।

    कम्पनीको हाल चुक्तापुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ४०० रुपैयाँ रहेको छ। हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ६४८ रुपैयाँ पुग्ने रहेछ।

    कम्पनीले शेयरधनीहरुलाई १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँबराबरको हकप्रद शेयर जारी गर्ने भएको छ भने १०० रुपैयाँ अंकित दरको कुल १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद शेयर बिक्री गर्ने भएको छ।

    प्रकाशित मिति :बैशाख २६ २०८२ शुक्रवार - १३:२८:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij