२०८२ फाल्गुण ३० गते शनिवार
काठमाडौँ । काठमाडौँ उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयका अत्यावश्यक बाहेकका सबै काम एक हप्ताको लागि बन्द हुने भएको छ ।
आइतबार तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले कोभिड संक्रमण खतरा बढेको भन्दै यस्तो निर्णय गरेको जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले इकागजलाई जानकारी दिए ।
‘अहिले तीनवटै जिल्ला प्रशासन कार्यालयका अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय भएको छ । अरु कार्यालयमा पनि भिडभाड कम गर्ने पालो अनुसार काम गर्ने भन्ने निर्णय भएको छ,’ उनले भने, ‘त्यसरी पनि भएन भने डिसीसीएमसीको बैठक बसेर आवश्यक निर्णय गर्छ ।’ नागरिकता बनाउने, नागरिकताको प्रतिलिपी बनाउने, राहदानी बनाउने, दर्ता तथा नवीकरणलगायतको काम एक हप्तालाई बन्द भएको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij