Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

डिपेन्डेन्ट भिसामा क्यानडा लैजान्छु भन्दै युवतीले ठगिन् २० लाख

डिपेन्डेन्ट भिसामा क्यानडा लैजान्छु भन्दै युवतीले ठगिन् २० लाख


  • 2.4K
    Shares

    • images
    डिपेन्डेन्ट भिसामा क्यानडा लैजान्छु भन्दै युवतीले ठगिन् २० लाख

    काठमाडौं । डिपेन्डेन्ट भिसामा क्यानडा लैजान्छु भन्दै ठगी गरेको आरोपमा एक जना युवती पक्राउ परेकी छन् । पक्राउ पर्नेमा दोलखा वैतेश्वर गाउँपालिका-८ घर भई हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका-३ गठ्ठाघर बस्ने २७ वर्षीया सुजिता अधिकारी छिन् । 

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार अधिकारीले आफूले अध्ययन गर्न क्यानडाको भिसा प्राप्त गरेको र आफूसँगै डिपेन्डेन्ट भिसामा लैजान सक्ने प्रलोभन देखाएका थिए । त्यसपछि पीडितसँग २० लाख रुपैयाँ रकम लिई सम्पर्कविहीन बनेकी थिइन् । 

    अधिकारीलाई बिहीबार काठमाडौं महानगरपालिका-१२ टेकुबाट पक्राउ गरिएको  उपरीक्षक आचार्यले जानकारी दिए ।  उनीलाई आपराधिक लाभ (एक्टर्सन) सम्बन्धी कसुर मुद्दामा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौँ पठाइएको छ ।

    प्रकाशित मिति :बैशाख २६ २०८२ शुक्रवार - १०:४०:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij