Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

नवराज विकसहित ६ जनाको हत्या घटना : दुई न्यायाधीशविरूद्ध पीडित परिवारको उजुरी

नवराज विकसहित ६ जनाको हत्या घटना : दुई न्यायाधीशविरूद्ध पीडित परिवारको उजुरी


  • 3.3K
    Shares

    • images
    नवराज विकसहित ६ जनाको हत्या घटना : दुई न्यायाधीशविरूद्ध पीडित परिवारको उजुरी

    काठमाडौँ । उच्च अदालत सुर्खेतका दुई न्यायाधीशविरुद्ध न्याय परिषद्‌मा उजुरी परेको छ । 

    रुकुमको सोती घटनामा नवराज विकसहित ६ जनाको हत्या अभियोगमा संलग्नलाई जातिय छुवाछुत अभियोगमा सफाइ दिएको भन्दै न्यायाधीशहरू सोमकान्त मैनाली र मात्रिकाप्रसाद भण्डारीलाई कारबाही गर्न मागसहित नवराजका बुवा मोहनलाल विकसहित पीडित परिवारले उजुरी दिएका हुन् ।

    २०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीमा भएको ६ जनाको हत्या अभियोगमा जिल्ला अदालत रुकुम पश्चिमले २०८० मंसिर १९ गते जातीय विभेदकै कारण  विकसहित ६ जनालाई कुटपिट गरी मारेको ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो । 

    २०८२ साल वैशाख १६ गते उच्च अदालत सुर्खेतले २३ जनाको जन्मकैद सदर गर्दै जातिय अभियोग कसुरमा सफाइ दिएको थियो ।

    प्रकाशित मिति :बैशाख २५ २०८२ बिहिवार - १९:३७:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij