Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

समाचार

रवीन्द्र मिश्रलाई सातौं पटक म्याद थप्न अदालत लगियो

रवीन्द्र मिश्रलाई सातौं पटक म्याद थप्न अदालत लगियो


  • 1.5K
    Shares

    • images
    रवीन्द्र मिश्रलाई सातौं पटक म्याद थप्न अदालत लगियो

     काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई म्याद थपका लागि सातौं पटक अदालत लगिएको छ । वैशाख २१ मा थपिएको ५ दिनको म्याद सकिएसँगै उनलाई जिल्ला अदालत काठमाडौं पुर्‍याइएको हो ।

    मिश्रलाई आज पनि हत्कडी लगाएरै अदालत पुर्‍याइएको थियो । गाडीबाट ओर्लिएपछि पनि हत्कडी नफुकालिएको त्यहाँ पुगेका राप्रपा केन्द्रीय सदस्य रञ्जन कार्कीले नेपाल प्रेसलाई बताए । उनले आफूले मिश्रको फोटो खिच्न खोज्दा प्रहरी इन्स्पेक्टरले ‘कैदीको मानव अधिकार हनन् हुन्छ भन्दै नदिएको बताए ।’

    ‘मेरो मोबाइल खोस्ने प्रयास गरियो । आज पनि दुईटै हातमा हत्कडी लगाइएको थियो नमस्कार गर्न खोज्दा पनि दिइएन । हत्कडी लाउँदा मानव अधिकार हनन् नहुने, फोटो खिच्दा हुने भनी सोधेँ रु’, राप्रपा नेता कार्कीले भने ।

    प्रकाशित मिति :बैशाख २५ २०८२ बिहिवार - १६:०४:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij