२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । छिमेकी मुलुकहरू भारत र पाकिस्तानमा तनाब बढेपछि नेपालमा पर्ने प्रभावबारे छलफल गर्न केन्द्रीय सुरक्षा समितिको बैठक बसिरहेको छ । गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बैठक बसिरहेको हो ।
उक्त बैठकमा भारत पकिस्तानबीच बढेको तनावले नेपालमा पार्नसक्ने असरको विश्लेषण गर्दै सुरक्षा रणनीति बनाउने बैठकमा सहभागी एक उच्च सुरक्षा अधिकारीले जानकारी दिएका छन् । सीमामा थप सुरक्षा व्यवस्थाको प्रबन्ध गर्नको लागि आवश्यक सर्कुलर गृहमन्त्रीेको निर्देशनमा भइसकेको छ ।
सशस्त्र प्रहरीको सहायक प्रवक्ता नायब उपरीक्षक शैलेन्द्र थापाले सीमा नाकामा कडाइ गरिएको जानकारी पाइएको छ ।
सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठलाई रोक्नको लागि सीमा सुरक्षाको प्रमुख जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल, नेपालले भारतिय समकक्षी सशस्त्र सीमा बलसँगको सहकार्य र समन्वयमा सीमानामा संयुक्त रुपमा गस्ती पट्रोल र खबर आदान–प्रदानलाई तिब्रता दिएको छ,’ थापाले जानकारी दिएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij